‘लाज शरणम्’को अन्तरराष्ट्रिय वितरण अधिकार विक्री

फिल्म ‘लाज शरणम्’को अन्तराष्ट्रिय वितरण अधिकार विक्री भएको छ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको भारत बाहेकको विदेश अधिकार सेभेन सिज इन्टरनेशनलले खरिद गरेको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रियसनका तर्फबाट अर्जुन घिमिरे र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । 

संझौताअनुसार, सेभेन सिज इन्टरनेशनले ‘लाज शरणम्’लाई दुई चरणमा विभाजन गरि विदेशमा वितरण गर्नेछ । फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा यो फिल्म रिलिज हुनेछ । फिल्म कुन–कुन देशमा विक्री हुँदैछ भनेर अहिले नै खुलाइएको छैन । 

यो फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । 

नवीन श्रेष्ठ निर्माता रहेको फिल्ममा राम नरेश शाह र श्रृजना खड्का सह–निर्माताको रुपमा छन् । फिल्ममा सुदिप बरालको छायांकन छ ।