निर्देशक समाजले सुरु गर्यो ‘हेल्प डेस्क’
नेपाल चलचित्र निर्देशक समाजले ‘हेल्प डेस्क’ संचालनमा ल्याएको छ । चलचित्र निर्माण तथा प्रदर्शनको क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि ‘हेल्प डेक्स’ संचालनमा ल्याइएको समाजका अध्यक्ष जनकदिप पराजुलीले जानकारी दिएका छन् ।
पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘विशेषगरि, नयाँ निर्माता निर्देशकहरूले फिल्म निर्माणको क्रममा धेरै कुरा थाहा नपाएको र काम गर्दै जाँदा पछि धेरै समस्याहरू आउने गरेको गुनासोहरू आउन थालेपछि समाजले नयाँ चलचित्र निर्माता, निर्देशकहरूको लागि आवश्यक परामर्श तथा सेवा दिनका लागि यो निःशुल्क हेल्प डेस्क स्थापना गरेको हो ।’
समाजले बिदाका दिन बाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क फिल्म निर्माण तथा परामर्श सेवा दिन सकिने पनि उल्लेख गरेको छ ।
प्रतिक्रिया