किन भाइरल बन्दैछ एलिनाको जवाफ ?

बिहेपछि मिडियामा देखिएकी गायिका एलिना चौहानको जवाफ सामाजिक संजालमा भाइरल बनिरहेको छ । एलिनाले बिहेपछि मिडिया भेट्दा बच्चाको योजनादेखि करिअरको बिषयमा कुरा गरिन् । 

बच्चाको बिषयमा एलिना भन्छिन्–‘के के सोध्नुहुन्छ हो लाज लाग्छ । मेरो सासु ससुराले पनि यो अन्तरवार्ता हेर्नुहुन्छ नी । अब, श्रीमान् त विदेशमा हुनुहुन्छ म कसरी आमा बन्नु ?’

एलिनाको जवाफ यतीकैमा रोकिँदैन । उनले, आफूलाई बिहे भएको जस्तो नै नलाग्ने जवाफ दिएकी छिन् । एलिना भन्छिन्–‘मलाई त बिहे भएको जस्तो नै लाग्दैन । कसैले भाउजू भनेर बोलायो भने पनि ए मेरो त बिहे भएको रहेछ भनेर सम्झिन्छु । अझै पनि हामी प्रेममा नै छौं कि जस्तो लाग्छ ।’

एलिनाको यो जवाफ अहिले टिकटकमा भाइरल बनिरहेको छ । अधिकांशले एलिनाको आवाजमा टिकटक बनाइरहेका छन् । 

एलिनाले अब सोचेर जवाफ दिनुपर्ने भन्दै उमेर पाको बन्दै गएको जवाफ दिइन् । पहिले पनि आफूले बोलेको कुरा अरुले नबुझ्दा आलोचना भएको उनको भनाई थियो ।