अमेरिकामा तीन कार्यक्रम एकसाथ आयोजना हुँदै

अमेरिकाको विभिन्न शहरमा नेपाली कला र संकृतीको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न शिर्षकमा कार्यक्रमको आयोजना हुने भएको छ । 

‘अब नाच्न अमेरिका २, अब हाँस्छ अमेरिका २ र अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो बर्षको फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिएका छन् । 

यस अगाडि गरिएको कार्यक्रमले आफूहरूलाई हौसला दिएको भन्दै उनले यसपटक अझै भव्य कार्यक्रम हुने बताए । 

‘अब नाच्छ अमेरिका २’मा गायक बद्री पंगेनी, गायक प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, ‘अब सुन्छ अमेरिका २’मा कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, ‘अब हाँस्य अमेरिका २’मा मिस पवी, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । आयोजकका अनुसार अमेरिका न्युयोर्क, वासिङ्टन डीसी, ओहायो, कोलोराडो, बोस्टन,पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका शहरहरूमा कार्यक्रम आयोजना हुनेछ ।