दीपकराजको फेरिएको स्टाटस

सामाजिक संजालमा कुनै पनि विषयवस्तुमा स्टाटस लेखिहाल्ने कलाकार हुन्, दीपकराज गिरी । राजनीतिक, सामाजिक वा फिल्मी विषयवस्तुमा उनी आफ्नो भनाई सार्वजनिक गर्छन् ।

जसकाकारण, उनी बेलाबखत विवादमा पनि पर्ने गरेका छन् । तर, यसले दीपकराजलाई  खासै फरक परेको छैन । 

तर, केही दिनयता दीपकराजको स्टाटसको शैली फेरिएको छ । विशेषगरि, ‘छक्का पन्जा’ टिममा देखिएका उतारचढावपछि भने उनको स्टाटसमा पनि परिवर्तन देख्न सकिन्छ । 

उनले ९ दिन अगाडि आफ्नो गेटअप परिवर्तन गर्दै लेखे–‘जुगाँ काटियो । फोटोमा अलिकता इफेक्ट पनि प्रयोग गरियो । तर, मुस्कान शुद्ध मनको प्रतिबिम्ब हो ।’

उनले दीपकले ८ दिन अगाडि लेखेका छन्–‘मलाई अरु भन्दा राम्रो हुने चाहना छैन । हिजो जस्तो थिएँ, त्यो भन्दा राम्रो हुन चाहन्छु ।’

४ दिन अगाडि दीपकले लेखेका छन्–‘निर्मल बाबा भन्नुहुन्छ–जसले  जिन्दगीमा अरुको कुभलो चाहन्छ । त्यसको पनि खासै भलो भइरहेको हुन्न ।’

यसपछि दीपकले रवि लामिछानेसँगको भेटको प्रसंग र एनपीएल क्रिकेटको बिषयमा लेखेका छन् । उनका स्टाटसहरु हेर्दा कही कतै उनी आफ्नो कुभलो चिताउने, गालीगलौज गर्ने तिर बढी सोझिएका छन् । साथै, आफ्नै टिमबाट फुटेका सहकर्मीहरुमाथि पनि उनको व्यङ्ग रहेको वुझ्न सकिन्छ ।