फिल्म बनाउन लागेको बिषयमा के भन्छिन् आँचल ?
नेपाली फिल्म क्षेत्रमा नायिकाहरू निर्मात्री बनिरहेकी छिन् । यो बर्ष मात्र केकी अधिकारी, स्वस्तिमा खड्का, ऋचा घिमिरे लगायतका नायिकाहरूले आफूलाई निर्मात्रीको रुपमा स्थापित गर्न सफल भए । अन्य थुप्रै नायिकाहरू पनि फिल्म निर्माणमा सक्रिय छन् ।
नायिका आँचल शर्माले पनि फिल्म बनाउने चर्चा चलिरहेको छ । मिडियासँगको कुराकानीमा आँचलले फिल्म बनाउने चर्चालाई स्विकार गरेकी छिन् ।
आँचलले अहिले तत्काल योजना नबनाए पनि केही बर्षपछि फिल्म बनाउने योजना रहेको र अहिले बाटै तयारी गर्नुपर्ने बताइन् ।
आँचलले भनिन्–‘बेहुली फ्रम मेघौली, बोक्सीको घर, तेल भिसाले एकदमै राम्रो गर्यो । सबै जना यसरी अगाडि बढेको राम्रो हो । हाम्रो पेशा नै यही हो । हामीले यो बाहेक अरु नगर्ने भएपछि यही क्षेत्रमा केही न केही गर्नुपर्यो । तर, अहिले नै मेरो योजना छैन । मेरो पाइपलाइनमा केही फिल्महरू छन् । २–४ बर्षपछि बनाउनु पर्यो भने पनि अहिले नै तयारी गर्नुपर्छ । यसैले, अहिलेबाट नै मैले पूर्ण तयारी गर्न थालेकी हुँ ।’
आँचललाई पत्रकारहरूले तपाइको होम प्रोडक्सनको फिल्म पहिले बन्छ कि आमा पहिले बन्नुहुन्छ भनेर समेत प्रश्न राखेका थिए । जसमा आँचलले फिल्म पहिले बन्ने जवाफ दिइन् ।
आँचलको हातमा ‘एक मुठ्ठी बादल, जेरी अन टप र दुखी आत्मा’ छन् । यी बाहेक अन्य केही फिल्मका लागि कुराकानी भइरहेको आँचलको भनाई छ ।
- #nepali movie
- #nepali movie
- #pradeep khadka
- #comedy durbar
- #dilip rayamajhi
- #najir husen
- #rani sakya
प्रतिक्रिया