‘बम बहादुर’बारे सौगात भन्छन्–‘स्क्रिप्ट पढ्दा भावुक भएँ, सोच्न समय लागेन’
पौषको ५ गते अर्थात् शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘बम बहादुर’का मुख्य नायक सौगात मल्ल अहिले इटहरीमा छन् । यसैले, उनले इटहरीमै बसेर पत्रकारसँग कुराकानी गरे र फिल्मको बारेमा जानकारी गराए ।
सौगातले यो फिल्मको कथावस्तु आफ्नै जस्तो लागेको बताउँदै दर्शकको मन जित्नेमा विश्वास व्यक्त गरे । जोन राइको निर्देशनमा बनेको यो फिल्मले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहका कथा भन्छ ।
निर्देशक राईले इतिहास नविर्सन आग्रह गर्दै यो फिल्मको निर्माण गरिएको जानकारी दिए । उनले, खुकुरी र बन्दुकले नभई दिमागले आन्दोलन गरौं भन्ने सन्देश दिन यो फिल्म बनाएको बताए । पत्रकार सम्मेलनमा नायक मल्लले भने–‘यो फिल्मको स्क्रिप्ट पढ्दा म निकै भावुक भएको थिएँ । मैले यो कथामा काम गर्छु भन्नका लागि खासै सोचिनँ । नेपालमा बस्ने सबैले यो फिल्म हेर्नुहुन्छ भन्ने लागेको छ ।’
सौगातले आफ्नो पात्र रोचक रहेको भन्दै यस्तो पात्रमा आफूले यस अगाडि काम नगरेको तर्क गरे । फिल्मकी मुख्य नायिका अनिसा रसाइलीले फिल्मले हामी सबैको कथा एउटै हो भन्ने पक्षलाई उजागर गर्ने तर्क गरिन् ।
- #nepali movie
- #nepali movie
- #pradeep khadka
- #comedy durbar
- #dilip rayamajhi
- #najir husen
- #rani sakya
प्रतिक्रिया