एक करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को दोस्रो सिजनको घोषणा
सर्वाधिक ठूलो धनराशिको पुरस्कार राखिएको प्रतियोगीता ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिसर्भ’को दोस्रो सिजनको लागि निर्णायक मण्डल र प्रस्तोताको घोषणा गरिएको छ ।
काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले नयाँ सिजनको घोषणा गरेको हो ।
यो फाउन्डेशनका अध्यक्ष डिल्लिराम अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातीबिचको आपसी सद्भावलाई कायम राख्न र नेपाली भाषा र संकृतीलाई उनीहरुमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्य रहेको बताए । दुवै प्रतियोगीताका विजेताले जनही एक करोड नगद पुरस्कार पाउनेछन् । यस्तै, उप–विजेताले २० लाख र दोस्रो हुनेले १० लाख रुपैयाँसँगै विभिन्न पुरस्कार पाउनेछन् ।
पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस यूनिभर्स’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्ण गुरुङ र गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी दिइयो ।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’मा निर्णायकको रुपमा कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, किरण थापा र नायिका शिल्पा मास्के छन् । कार्यक्रम संचालकको जिम्मेवारी भने नरेश भट्टराई, रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छन् । यस्तै, ‘मेरो भ्वाइस यूनिभर्स’लाई सुरेश पौडेल र ‘मेरो डान्स यूनिभर्स’लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ । अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ ।
यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायक मध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताईन् ।
- #nepali movie
- #nepali movie
- #pradeep khadka
- #comedy durbar
- #dilip rayamajhi
- #najir husen
- #rani sakya
प्रतिक्रिया