४६ दिनको सेड्युलमा ‘कर्मा’ खिचिने
फिल्म ‘कर्मा’को छायांकन सुरु गरिएको छ । दाङको घोराहीबाट यो फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो ।
यो फिल्मलाई ४० दिन दाङ र ६ दिन रुकुममा खिचिनेछ । फिल्म भित्र विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा कलाकार मुकुन भुसाल खलपात्रको रुपमा देखिदैछन् ।
फिल्मका लागि नायक कार्कीले ७ केजी तौल बढाएका छन् । फिल्मको पर्दामा विभिन्न प्रकारका अभिनय गरेका विपिन यसपटक भने एक्सन अवतारमा देखिदैछन् । दर्शकका लागि उनको एक्सन विशेष हुनेछ ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यो फिल्ममा चौधरीको लेखन छ । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्ममा बसन्त लम्सालको लगानी छ । यो फिल्मलाई चैत्रको २९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्ममा सञ्जय लामाको छायांकन रहनेछ । यसअघि फिल्म ‘अगस्त्यः च्याप्टर १’बाट चर्चामा आएका सौरभको यो फिल्मले दर्शकको माया पाउने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया