‘पिताम्बर’को टिमले किन गर्दैछ निर्देशक र छायांकारको ब्रान्डिङ ?
कृषा चौलागाईंको निर्देशनमा तयार भइरहेको फिल्म ‘पिताम्बर’लाई फागुनको २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । तर, यसको निर्माणपक्षले अहिलेसम्म फिल्मको प्रदर्शन मिति औपचारिक रुपमा घोषणा भने गरेको छैन ।
फिल्मको छायांकन सकिएको छ र निर्माणपक्ष अहिले सम्पादनमा व्यस्त छ । तर, सामाजिक संजाल हेर्ने हो भने फिल्मको प्रचारमा विशेषगरि निर्देशक कृषा चौलागाई र छायांकार पुरुषोत्तम प्रधानलाई अगाडि सारिएको छ । फिल्मको अफिसियल फेसबुक पेजमा यी दुईका तस्वीर र भिडियो मात्र देखिन्छ ।
फिल्ममा मल्टिस्टारर कलाकार छन् । प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, दिव्य देव, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको यो फिल्ममा मुख्य भूमिका छ ।
फिल्ममा मल्टिस्टारर कलाकार छन्, तर फिल्मको निर्माणपक्षले अहिलेसम्म कसैको पनि लुक्स सार्वजनिक गरेको छैन । तर, निर्देशक चौलागाईंको निर्देशन गर्दै गर्दाको भिडियो र फोटो सामाजिक संजालमा ब्रान्डिङ भइरहेको छ ।
निर्देशक चौलागाईंले अहिले कलाकारहरुको लुक्स सार्वजनिक नगरेकाले पर्दा पछाडिका मानिसहरूको फोटो र भिडियो सार्वजनिक गर्दै दर्शकलाई फिल्मप्रति उत्साह बढाउने काम गरेको बताइन् ।
यो फिल्मलाई पूर्ण रुपमा एक्सन प्रधान बनाइएको बताइएको छ ।
प्रतिक्रिया