‘दोस्रो अन्तरराष्ट्रिय कर्णाली महोत्सव’को सद्भावना दुतमा प्रदीप र सुरक्षा
फागुनको २४ गतेदेखि ‘दोस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले ‘घुमौँ कर्णाली, हेरौं कर्णाली’ भन्ने नारालाई मूर्त रुप दिने बताइएको छ ।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने महत्वकांक्षी योजना बनाएको आयोजकले जनाएको छ । यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा समेत गरेको छ ।
महोत्सवमा फिल्म प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता गतिविधि हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो महोत्सवको सद्भावना दूतमा नायक प्रदीप खड्का र नायिका सुरक्षा पन्तलाई नियुक्त गरिएको छ ।
महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रुपमा उद्घाटन हुनेछ । अध्यक्ष दिनेश डीसीले महोत्सवलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यममा रुपमा चित्रित गरे ।
प्रतिक्रिया