पलले नकारे बिहेको चर्चा
केही दिनयता सामाजिक संजाल र केही मिडियामा नायक पल शाहको बिहेको चर्चा खुबै छ । नायक पल शाहले माघ महिनामा बिहे गर्न लागेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु उत्साहित पनि छन् ।
तर, केही मिडिया र सामाजिक संजालमा बिहेको खबर चर्चामा आएपछि नायक पल शाहले मुख खोलेका छन् । उनले, सामाजिक संजालमा बिहेको खबरको बिषयमा लेख्दै यसमा सत्यता नभएको उल्लेख गरेका छन् ।
पलले लेखेका छन्–‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर, यहाँहरूलाई स्पष्ट होस् यो खबरले कुनै सत्यता छैन ।’ नायक पल शाहले बिहे गर्न लागेकी युवतीको बिषयमा भने केही पनि खुलेको छैन ।
नायक पल शाह फिल्म ‘रावायण’ रिलिज भएपछि सर्वाधिक आलोचित भए । तर, उनको हातमा तीन वटा फिल्म छन् । साथै, उनी महोत्सवमा पनि व्यस्त छन् ।
प्रतिक्रिया