यस्तो छ दया र जितुको ‘कार्साङ’को टिजर

पौषको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा धामीको कथालाई स्थान दिइएको छ । साथमा, गरिबी, अभाव, निसन्तानपनले दिएको दुःख, दाम्पत्य जीवनमा श्रृजना हुने कलहको कथा टिजरमा प्रस्तुत गरिएको छ ।
ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एक जोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पुरा गर्न नसकेका अभिभावकको पीडा टिजरमा देखाइएको छ । यम शेर्पाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले शेर्पा समुदायको संस्कृतिलाई बोल्छ । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्दि तामाङको मुख्य भूमिका छ ।
साथै, फिल्ममा श्रृष्टी गौतम, डोमा होल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा बाल कलाकारको रुपमा राशी लिम्बु र सोहन थापाले अभिनय गरेका छन् ।
हर्क साउद र डिपी खनालको शब्द रहेको फिल्मको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा गोविन्द बोहरा सह–निर्माता, आङ छिरिङ शेर्पा कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, अभि लामाको कोरियोग्राफी छ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया