३५ दिनमा सकियो विनय र सुपुष्पाको ‘फेरि रेशम फिलिली’को छायांकन

फिल्म ‘फेरि रेशम फिलिली’को छायांकन सकिएको छ । निरोज महर्जनको निर्देशनमा तयार भएको यो फिल्मको काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको छ । ३५ दिनमा यो फिल्मको छायांकन प्याकअप भएको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

वि.सं २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रुपमा यो फिल्म तयार भएको हो । यो फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र सुपुष्पा भट्टको मुख्य भूमिका छ । साथै, फिल्ममा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।

फिल्मका सुरज बम कार्यकारी निर्माताको रुपमा छन् भने एनी थापा सह–निर्माताको रुपमा छन् । सिनेमा आर्ट्सको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वे वाइवा र दीपक शर्माको संगीत छ ।