‘माइतीघर’मा उपासनाको जोडी प्रकाश सपुत

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा नायिका उपासना सिंह ठकुरी र कलाकार केदार घिमिरे फाइनल भइसकेका छन् । 

मिलन तामाङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन चैत्रमा सुरु हुनेछ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने घोषणा रोहितले गरिसकेका छन् । 

यो फिल्ममा नायक तथा गायक प्रकाश सपुतले पनि काम गर्ने तयारी भएको वुझिएको छ । मेरो फिल्मलाई श्रोतले दिएको जानकारी अनुसार, सपुतसँग मौखिक सहमती भइसकेको छ भने कागजी संझौता हुने बाँकी छ । 

फिल्ममा प्रकाशले नायिका उपासना सिंह ठकुरीसँग जोडी बाँध्ने वुझिएको छ । विशेष श्रोतका अनुसार, फिल्ममा धिरज मगरलाई पनि लिने तयारी निर्माणपक्षको छ । उनीहरुबिच पनि कागजी संझौता भइसकेको छैन । 

फिल्म ‘खुस्मा’मा एकसाथ काम गरेपछि धिरज र उपासनाको जोडी चर्चामा छ । तर, यो फिल्ममा भने उपासनाले प्रकाशसँग जोडी बाँध्नेछिन् । 

फिल्ममा अन्य केही कलाकारहरु पनि अनुवन्धित गर्ने तयारी रोहितको छ । फिल्मले सामाजिक कथावस्तुलाई भन्नेछ ।