‘छक्का पन्जा ६’ अघि अलग–अलग टिमसँग काम गर्दै दीपक र केदार
वि.सं २०८४ मा मात्र फिल्म ‘छक्का पन्जा ६’ रिलिजमा आउने भएको छ । त्यो अघि दीपकराज गिरीको टिमले बाहिरी ब्यानरसँग मिलेर काम गर्ने तयारी गरेको छ । यहीकारणले नै यो टिमका एक मुख्य सदस्य केदार घिमिरेले बाहिरी ब्यानरका फिल्म धमाधम साइन गरिरहेका छन् ।
केदारले ‘जेरी अन टप, कंगारु, माइतीघर’ साइन गरिसकेका छन् । यस्तै, ऋषि लामिछानेले निर्देशन गर्न लागेको एक नयाँ प्रोजेक्ट पनि उनले साइन गरिसकेका छन् । यसरीहेर्दा, उनी धमाधम बाहिरी ब्यानरका फिल्ममा देखिदैछन् ।
यता, यही टिमका अर्का सदस्य दीपकराज गिरीले भने बाहिरी ब्यानरसँग मिलेर फिल्ममा काम गर्न लागेको वुझिएको छ । एक दशकदेखि एकसाथ पर्दामा देखिदै आएका केदार र दीपक केही बर्ष भने एक अर्कासँग नदेखिने संभावना उच्च छ ।
बाहिरी ब्यानरको नयाँ टिमसँग यी दुइले काम गर्दै गर्दा कतै केदार र दीपक अलग भएका हुन् कि भन्ने शंका उत्पन्न हुनु स्वभाविक नै हो । तर, ‘छक्का पन्जा ६’लाई ३ बर्षपछि मात्र रिलिज गर्ने योजना बनाएपछि उनीहरु अलग अलग रुपमा काम गरिरहेका हुन् ।
प्रतिक्रिया