‘सालु हो भाटु हो’मा उषा र चक्रको रोमान्स
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा समावेश ‘साली हो भाटु हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत छ । यो गीतमा नेपाली र थारु भाषाको मिश्रण छ ।
गीतको भिडियोमा पनि थारु समुदायको रहनसहन र कला संस्कृतिलाई नै झल्काउन खोजिएको छ । भिडियोमा चक्र बम, उषा उप्रेतीर श्रृजना खरेलको अभिनय हेर्न सकिन्छ ।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
प्रतिक्रिया