जुन फिल्मको नाम नै लिन चाहन्नथे विपिन, सोही फिल्मबाट जिते अवार्ड

नायक विपिन कार्कीले बारम्बार आफ्नो अन्तरवार्तामा फिल्म ‘प्रसाद २’लाई लिएर आक्रोश पोख्दै आएका छन् । यो फिल्मको समयमा निकै तनाव उनले व्यहोर्नु परेको थियो ।
यही फिल्मका कारण आफूले ‘एनिमल’ फिल्म छाड्नुपरेको तर्क विपिनले गर्दै आएका छन् । रिलिजको समयदेखि रिलिजपछि पनि यो फिल्मले यो टिमका थुप्रै सदस्यहरुलाई झमेलामा पारेको थियो ।
तर, नायक विपिन कार्कीले बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा यही फिल्मबाट ‘उत्कृष्ट नायक’को पुरस्कार जिते । विपिनले पहिलो पटक पनि फिल्म ‘प्रसाद’बाट नै ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेका थिए । ‘प्रसाद’ रिलिजको समयमा विपिन र निर्माण टिमबिच कुनै समस्या थिएन ।
तर, ‘प्रसाद २’ रिलिजको समयमा भने विपिन र निर्माण टिमबिच ठूलै टकराव हुन पुग्यो । तर, अवार्ड प्राप्त गरेपछि भने विपिन निकै खुशी देखिए ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया