राष्ट्रपतिलाई बोर्ड अध्यक्षको आग्रह–‘चलचित्र ऐनमा लालमोहर लगाइदिनुहोला’
बुधबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र ऐन पारित हुने दोहोर्याए ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्दै उनले भने–‘सरकारले पास गरेपछि तपाइसमक्ष चलचित्र ऐन आउनेछ । त्यसलाई लालमोहर लगाएर कानुन बनाइदिनुहुनेछ भन्ने आशा छ ।’
डीसीले आउँदो बर्षको बर्खे अधिवेशनमा ‘चलचित्र ऐन २०८१ पास हुने दाबी समेत गरे । उनले भने–‘राज महेन्द्रले वि.सं २०२६ सालमा बनाएको चलचित्र ऐनबाट हामी चलिरहेका छौं । अब, त्यो ऐनबाट फिल्म क्षेत्र अगाडि बढ्न सक्दैन । यसैले, अहिलेको मुख्य कुरा चलचित्र ऐन हो । यो चाडै पास हुनेछ ।’
चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएपछि डीसीको केन्द्रमा चलचित्र ऐन छ । उनले ‘चलचित्र ऐन, रियल टाइम बक्स अफिस र फिल्म स्टूडियो’लाई प्राथमिकतामा राख्दै आएका छन् ।
प्रतिक्रिया