लगातार सातौं फिल्ममा विपिन र वर्षाको सहकार्य
नायिका वर्षा राउत र नायक विपिन कार्कीले अभिनय गरेको फिल्म ‘तेल भिसा’ हाल हलमा चलिरहेको छ । यो फिल्मका लागि विपिन र वर्षाको दौडधूप जारी छ ।
तर, यो जोडीले लगातार सातौं फिल्ममा सहकार्य गर्ने पक्का भएको छ । तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘पहाड’मा वर्षा र विपिनले एकसाथ काम गर्दैछन् । यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्दैछन् । तुलसीले यो फिल्म आफ्ना लागि विशेष हुने बताउँदै आएका छन् ।
फिल्म ‘गोपी’ बाहेक अन्य फिल्ममा वर्षा र विपिनको जोडीको रुपमा देखिएकी छिन् । दर्शकले फिल्मको पर्दामा विपिन र वर्षालाई श्रीमान्–श्रीमतीको रुपमा रुचाएका छन् । यसैले, अधिकांश मेकरहरुले उनीहरुलाई श्रीमान्–श्रीमतीको भूमिकामा नै प्रस्तुत गर्दै आइरहेका छन् । वर्षा र विपिनले अभिनय गरेको फिल्म ‘महाजात्रा’ले गतबर्ष बक्स अफिसमा बम्पर व्यापार गरेको थियो ।
वर्षा र विपिन एक अर्कासँग काम गर्दा सहज हुने तर्क गर्छन् । वर्षा र विपिनले अभिनय गरेको ‘जात्रा, जात्रै जात्रा र महाजात्रा’ सर्वाधिक सफल फिल्म मानिन्छन् ।
उनीहरुले ‘गोपी, के घर के डेरा र तेल भिसा’मा पनि एकसाथ अभिनय गरिसकेका छन् । सातौं फिल्ममा समेत एकसाथ काम गर्न पाउँदा यी दुई उत्साहित छन् । तर, सातौं फिल्मसम्म एकसाथ सहकार्य गरिरहँदा पनि, यी दुइको जोडीलाई लिएर जुन प्रकारको चर्चा हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
प्रतिक्रिया