‘फर्की फर्की’ निर्माता अधिकारीले ‘माइतीघर’ निर्माण गर्दै, दशैंमा रिलिज हुने


फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘माइतीघर’ राखिएको छ । 

यो फिल्मलाई मिलन तामाङले निर्देशन गर्दैछन् । यसपटक, रोहितले सामाजिक कथावस्तुमा फिल्म बनाउन लागेको बताए । 

यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ । सार्वजनिक फिल्मको थिम पोष्टरमा दशैंको फूलपातीबाट यो फिल्म रिलिज हुने घोषणा गरिएको छ । फिल्मको छायांकन केही महिनामा सुरु हुँदैछ । फिल्मको स्क्रिप्टको काम पनि अन्तिम चरणमा पुगेको र कलाकार छनोट प्रक्रिया अगाडि बढेको रोहितले बताए । 

५८ बर्ष अगाडि बनेको फिल्म ‘माइतीघर’को नाम सापटी लिएर रोहितले यो फिल्म बनाउन लागेका हुन् । हरेक १०–१० बर्षको अन्तरमा कुनै पनि पुरानो नाममा फिल्म बनाउन पाइने व्यवस्था छ । 

रोहितले फिल्म ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ निर्माण गरिसकेका छन् ।