७२ जना फिल्मीकर्मीलाई ‘विशिष्ट श्रेणीको परिचयपत्र’ वितरण

चलचित्र विकास बोर्डले ७२ जना फिल्मीकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । विकास बोर्डको हलमा आयोजना भएको कार्यक्रममा संचार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संचार सचिव राधिका अर्यालले फिल्मीकर्मीहरुलाई ‘विशिष्ट श्रेणीको परिचयपत्र’ प्रदान गरेका थिए । 

नेपाली फिल्म क्षेत्रमा निरन्तर रुपमा ३० बर्ष भन्दा बढी योगदान दिएका फिल्मीकर्मीहरुलाई यस्तो परिचयपत्र प्रदान गरिएको हो । यसअघि पनि विकास बोर्डले ‘विशिष्ट श्रेणीको परिचयपत्र’ प्रदान गरेको थियो । तर, केही बर्षदेखि यो काम रोकिएको थियो । 

विकास बोर्डको अध्यक्ष पदमा दिनेश डीसी आएसँगै यस्तो परिचय पत्र वितरणलाई अगाडि बढाइएको हो । 

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा गौरी मल्ल, नवल खड्का, आकाश अधिकारी, अशोक रोक्का, उदय सुब्बा, उदय सिंह बोरोहा, सरोज खनाल, शोभित बस्नेत कपिल प्रसाद द्वा, कृष्णप्रसाद ढुङ्गाना, कुमार महर्जन, केपी पाठक,  केदारनाथ दवाडी,  गोविन्द नेपाली, चेतन सापकोटा, तैयब शाह, विशाल विष्ट, दिव्येस्वर गौतम, देवकुमार श्रेष्ठ, नगेन्द्र घिमिरे, नानीकाजी डङ्गोल, निर्जल कुमार श्रेष्ठ, प्रमोद ढुङ्गाना, पुष्पकुमार श्रेष्ठ, पुरनलाल जोशी, पूर्णबहादुर तामाङ, बालदीप राई, बिजयरत्न तुलाधर, विश्वराम केसी, विमल पौडेल, मदन घिमिरे, मधुसूदन प्रधान, मावत्से गुरुङ, हिउवाला गौतम, मुकुन्द थापा, रचना सिंह, रत्न ढकाल, रमेश रन्जन झा,  रवि डङ्गोल,  राजु केसी, राज कुमार शाह, राजेन्द्र थापा, रामेश्वरजंग केसी, राजुबिक्रम थापा लगायत छन् ।

कार्यक्रममा ‘विशिष्ट श्रेणी’को परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई  औषधि उपचार बिमा वापतको रकम समेत हस्तान्तरण गरिएको थियो ।