प्रदीप राउत भन्छन्–‘मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा खुशी छु’
रिलिजको पाँचौ दिनमा प्रवेश गरेको फिल्म ‘ह्रस्व दीर्घ’ले दर्शकको साथ पाइरहेको छ । पाँचौ दिनमा पनि हलमा दर्शकको उपस्थिति सुखद छ ।
फिल्मले दर्शकको साथ पाएपछि कलाकार प्रदीप राउत नेपाल आएका छन् । ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिएका राउत बलिउड फिल्म ‘गजनी’बाट चर्चामा आएका थिए ।
नेपाल आएका राउतले सोमबार बेलुकी दर्शकसँग साक्षात्कार गरे । दर्शकसँग साक्षात्कार गरेपछि उत्साहित देखिएका राउतले भने–‘मलाई नेपाली कलाकार हुनुमा गर्व छ । मलाई नेपाली कलाकार बनाइदिनु भएकोमा धन्यवाद । भगवान पशुपतिनाथको कृपाले हाम्रो फिल्म राम्रोसँग चलिरहेको छ ।’
उनले, दर्शकको माया यसरी नै पाउँदै जाने हो भने नेपाली फिल्ममा पनि बीग बजेटका फिल्म बन्ने तर्क गरे ।
राउतले अगाडि भने–‘फिल्मको हिसाबमा काठमाडौं, मुम्बई, दिल्लीमा एउटै माहोल रहन्छ । यहाँ र उहाँ केही पनि फरक छैन । हामी सबै यसरी नै प्रेमका साथ मिल्छौँ र कुराकानी गर्छौ ।’
राउत आज पनि काठमाडौंका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्न जाने कार्यक्रम छ । भोलि हुने नेपालगन्जका दर्शकसँग भेटघाट गर्न पुग्नेछन् । यसपछि, नेपालगञ्जबाटै भारत प्रस्थान गर्ने वुझिएको छ ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा भारतका चर्चित कलाकारहरू ब्रम्मानन्दम, सुनिल वर्मा, अली लगायतका कलाकारहरुको अभिनय छ । साथमा, नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
प्रतिक्रिया