विजयको चर्चा गर्दा मुकुन भुषाललाई विर्सन हुँदैन
लक्ष्मीपूजाको दिनबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा ३५ करोड भन्दा माथिको कलेक्शन गरिसकेको छ । संभवत, नेपाली फिल्मको इतिहासमै ५० करोड कमाउने पहिलो फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ बन्न सक्छ । फिल्मको व्यापारिक दौड हेर्दा ५० करोडको आँकडा टाढा देखिएको छैन ।
यो फिल्म रिलिज भएसँगै यसका मुख्य कलाकार विजय बरालको चर्चा व्यापक छ । फिल्मलाई विजय बरालले धानेका छन् । उनले, यो फिल्ममा तीन प्रकारको अभिनय गरेका छन् । यो फिल्ममा उनी, छोरा, श्रीमान् र बाबुको भूमिकामा देखिएका छन् । उनकै अभिनयका कारण दर्शक हलमा रोइरहेका छन् ।
तर, यसो भन्दै गर्दा फिल्मका अर्का कलाकार मुकुन भुसाललाई भने बिर्सन हुँदैन । मुकुन भुसाल यो फिल्ममा विजयका सारथी हुन् । उनले पनि फिल्ममा गज्जबको अभिनय गरेका छन् ।
उनको संवाद बोल्ने शैली, अभिनयको हाउभाउ गज्जब छ । फिल्म ‘बुलबुल’बाट नै चर्चा पाएका मुकुनले यो फिल्ममा पनि ज्यान भरेका छन् ।
सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ । फिल्मको व्यापारिक सफलताले मुकुनलाई पनि फाइदा पुगेको छ । उनी नयाँ फिल्म ‘कर्मा’मा अनुबन्धित भइसकेका छन् ।
प्रतिक्रिया