अनलाइन जुवाको प्रचारमा तस्विर प्रयोग भएपछि स्वस्तिमाको आपत्ती

नायिका स्वस्तिमा खड्काले एक अनलाइन जुवाको प्रचारमा आफ्नो फोटो गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छिन् । 

सामाजिक संजालमा एक अनलाइन जुवाको प्रचारमा स्वस्तिमालाई सद्भावना दूतको रुपमा प्रचार गरिएको छ । स्वस्तिमाले लेखेकी छिन्–‘म यस्तो गैह्र कानुनी एपबाट कोसौं टाढा छु । यस्ता पोष्टरहरु देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल । नेपाल प्रहरीले कारबाही गर्नेछ भन्नेमा विश्वास छु ।’

नेपाली कलाकारहरुको तस्वीर प्रयोग गरेर यस्ता गैह्र कानुनी एपहरुको प्रचार गर्ने क्रम तीव्र बढेको छ । कलाकारहरुको तस्वीर प्रयोग भएपछि बेलाबखत प्रहरीले पनि कलाकारहरूसँग सोधपुछ गर्ने गरेको छ ।

यसैले, स्वस्तिमाले पहिले नै दर्शकलाई यो बिषयमा जानकारी गराएकी हुन् ।