‘ह्रस्व दीर्घ’को इनिसियल व्यापार आक्रामक, तर शोज नपाएको गुनासो

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार र शनिबार नै फिल्मको व्यापार आक्रामक छ । 

असोज लागेपछि नेपाली फिल्मको व्यापार सुनौलो बनिरहेको समयमा नायिका नीता ढुंगानाले निर्माण गरेको यो फिल्मले दर्शकको साथ पाइरहेको छ । शुक्रबार र शनिबार नै विभिन्न हलमा पुगेकी नायिका ढुंगाना खुशी देखिइन् । 

नीताका अनुसार, यो फिल्मको बजेट ६ करोड छ । यसैले, यो फिल्मले लगानी उठाउन मात्र १४ करोडको व्यापार गर्नुपर्ने हुन्छ । फिल्मले इनिसियल रुपमा गरेको जस्तो व्यापार अझै केही साता गरेको खण्डमा नीताको लगानी सुरक्षित हुने देखिन्छ । 

फिल्मले आक्रामक व्यापार गरिरहेको समयमा निर्माणपक्षले शोज नपाएको गुनासो गरिरहेको छ । फिल्मका निर्देशक चन्द्र पन्तले शुक्रबारको व्यापार हेरेर शनिबार हल बढाउने विश्वास वितरकबाट आएपनि त्यो अनुसार नभएको बताए । 

नायिका गरिमा शर्माले पनि फिल्म हेर्न पुगेका अधिकांश दर्शकहरु टिकट नपाएर फर्किनुपर्ने अवस्था आएको सुनाइन् । यता, नायिका नीता ढुंगाना पनि शोजको कुरामा असन्तुष्ट छिन् । 

फिल्मकी अर्की नायिका विपना थापाले सबै फिल्मलाई बराबर शोज दिनुपर्ने तर्क गरिन् । देशभर ‘पुर्ण बहादुरको सारङ्गी’को दबदबा जारी छ । यसैले, हलमा दर्शकको उत्साहजनक उपस्थिति भएपनि ‘ह्रस्व दीर्घ’ले पर्याप्त शोज पाएको छैन ।