‘महानायक’ भन्नेलाई फेसबुकबाट ब्लक गर्ने दीपकराजको चेतावनी

‘महानायक’ राजेश हमालको बिषयमा बोलेको एक बयानले केही वर्ष अगाडि निर्देशक दीपाश्री निरौला विवादमा परिन् । उनी, विवादमा पर्दा उनका नजिकका साथी तथा कलाकार दीपकराज गिरीलाई सामाजिक संजालमा दर्शकले ‘महानायक’ भन्न थाले । दर्शकले दीपकराजलाई ‘महानायक’ भन्दै ट्रोल गरेका थिए ।
अहिले पनि दीपकका आलोचकहरुले ‘महानायक’ भन्दै प्रतिक्रिया दिने गरेका छन् । तर, अब दीपकराजले सामाजिक संजालमा ‘महानायक’ भन्नेलाई ब्लक गरिदिने चेतावनी दिएका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्–‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु । तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक बिचार स्वागत, असभ्यता अस्विकार ।’
दीपकले ‘फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको भन्दै यहाँ आफूलाई के मनपर्छ लेख्ने हो, दुनियाँलाई के मन पर्छ त्यो लेख्ने होइन’ भनेर पनि उल्लेख गरेका छन् ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया