अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा ऋचा र शंकरविरुद्ध उजुरी

नायिका तथा निर्मात्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार, अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा यी दुई फिल्मीकर्मी विरुद्ध उजुरी परेको हो । प्रहरीले उजुरी कसले दिएको भन्ने बिषयमा केही पनि खुलाएको छैन । 

फिल्म ‘तुलसी’ निर्माण गरेर अमेरिका पुगेका घिमिरे दम्पती लामो समयपछि फेरि फिल्म निर्माणमा फर्किएका छन् । उनीहरुले बनाएको फिल्म ‘तेल भिसा’ मंसिरको ७ गतेबाट रिलिजमा आउँदैछ । 

यो फिल्ममा अमेरिका पुगेपछि नेपालीहरूले पाएको दुःखको कथालाई उठान गरिएको छ ।  यो फिल्मको प्रचारका क्रममा ऋचा र शंकर अहिले नेपालमा नै छन् ।