‘पुर्ण बहादुरको सारङ्गी’को दबदबाको बिच ‘ह्रस्व दीर्घ’ले कती पायो शोज ?
शुक्रबारदेखि नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ रिलिजमा आउँदैछ । नीता ढुंगानाको निर्माणमा हरिहर अधिकारीको कथा, चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मको केही हलमा बूकिङ खुलेको छ ।
सुखद कुरा के छ भने, शुक्रबारदेखि नै रिलिजमा आउने भनिएको दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा नआउने भएको छ । यस्तै, फिल्म ‘केटी हराएको सूचना’को रिलिज मिति पनि पोष्टपोन्ड भइसकेको छ । यसैले, यसको प्रभाव ‘ह्रस्व दीर्घ’को शोजमा परेको छ ।
यो फिल्मलाई एफक्यूब हलले ४ शोज दिएको छ । देशभरका सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई उपत्यकामा २१ र उपत्यका बाहिर २४ शोज दिएको छ । फिल्मको बलियो वर्ड अफ माउथ आएको खण्डमा यसको शोज बढ्न सक्छ ।
यो फिल्मले मल्टिप्लेक्समा ठीकठाक शो पाउनुको पछाडि ‘पुर्ण बहादुरको सारङ्गी’को प्रभाव हो । दोस्रो सातामा पनि आक्रामक कमाई जारी राखेको यो फिल्म हेर्ने दर्शकको संख्या घटेको छैन । यसैले, तेस्रो सातामा पनि यो फिल्मले उल्लेख्य शोज नै पाएको छ ।
हलमा नेपाली फिल्म मात्र रहनु सुखद कुरा हो । तर, नीता ढुंगानाले ६ करोड बजेटमा तयार पारेको यो फिल्मले लगानी उठाउनका लागि बलियो वर्ड अफ माउथ पाउन जरुरी छ । साथै, फिल्मको शोज भने उल्लेख्य मात्रामा वृद्धि हुन आवश्यक छ ।
प्रतिक्रिया