‘ह्रस्व दीर्घ’मा ५ नायिका, हिट हुँदैछ संवाद

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा नयाँ तथा पुराना पाँच नायिकाहरूको अभिनय छ । 

नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएका नायिकाहरूदेखि अहिलेका पुस्तामा उदाउँदै गरेका नायिकाको फिल्ममा वर्चस्व छ । फिल्ममा विपना थापा, रेखा थापा, संचिता लुइँटेल जस्ता नायिकाहरूको भूमिकाले दर्शकलाई अझै उत्साहित बनाएको छ । साथमा, फिल्ममा नायिका तथा निर्मात्री नीता ढुंगाना, गरिमा शर्माको मुख्य भूमिका छ । 

सार्वजनिक ट्रेलरमा यी पाँचै जना नायिका सशक्त देखिएका छन् । रेखा थापाको संवाद, विपना थापा र संचिता लुइँटेलको गम्भीर अभिनय, नीता र गरिमा शर्माको मुख्य नायक हरिहर अधिकारीसँगको प्रेम सम्बन्धको रहस्य आदिले फिल्मलाई विशेष बनाएको छ । 

यो फिल्मको एउटा संवाद अहिले चर्चामा छ । ‘घाम नलागेपनि जीवन चल्ला । हावा थाकेपनि जीवन चल्ला । तर, आमा नभए संसार रोकिन्छ । ठप्प ।’ यो संवादले अहिले दर्शकको मन जितिसकेको छ । 

फिल्ममा भारतीय कलाकारहरू प्रदीप राउत, ब्रम्मानन्दम, सुनिल वर्मा, अली लगायतका कलाकारहरुको अभिनय छ ।