‘जेरीः अन टप’को लुक्लामा छायांकन सुरु
फिल्म ‘जेरीः अन टप’को दोस्रो चरणको छायांकन सुरु भएको छ । यो फिल्मको छायांकनका लागि कलाकार तथा प्राविधिकको टोली लुक्ला पुगेको छ ।
लुक्लामा फिल्मको महत्वपूर्ण दृश्यहरूको छायांकन हुने निर्माणपक्षले बताएको छ ।
यो फिल्मको पहिलो चरणको छायांकन काभ्रेमा गरिएको थियो । तिहारमा फिल्मको छायांकन ब्रेक भएको थियो । फिल्मको छायांकन लुक्लापछि लद्दाकमा हुनेछ ।
सरोज न्यौपानेको लगानीमा तयार भइरहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । फिल्ममा नायक अनमोल केसी शीर्ष भूमिकामा छन् ।
उनको साथमा फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, विपना थापा लगायतका कलाकारहरुको अभिनय छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई फागुनको २ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
फिल्मको बजेट ५ करोड लाग्ने बताइएको छ । यसको निर्माणपक्षले लुक्ला जानुअघि काभ्रे छायांकनका केही तस्विर सार्वजनिक गरेको छ ।
प्रतिक्रिया