‘गुन्यु चोलो’ निर्मातालाई अमेरिकामा पीजीए मार्क

समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुन्यो चोलो’का निर्माता आकाश बुढाथोकीले अमेरिकाको पीजीए मार्क(प्रोड्युसर गिल्ड अफ अमेरिका) पाएका छन् ।

आकासले नेपालका ट्रान्सजेन्डहरुको पहिचान र सामाजिक चुनौतीहरूको खोजी गर्ने प्रकारको नेपाली फिल्म बनाएकोमा यो अवार्ड प्राप्त गरेका हुन् । अमेरिकाको पीजीए मार्क एक प्रतिष्ठित प्रमाणीकरण हो, जसले फिल्म र टेलिभिजनको संसारका निर्माता वा सबैभन्दा प्रभावशाली र मनोरञ्जनात्मक उत्पादन उपलब्धिहरूलाई सम्मान गर्ने गर्दछ ।

फिल्म ‘गुन्यो चोलो’ केही समय अगाडि मात्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा पनि छनोट भएको थियो । अमेरिकी कम्पनी भिजन इन्टरटेन्मेन्ट र दि स्काई ओसन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्मको मुख्य भूमिकामा नायक नाजिर हुसेन छन् । फिल्ममा उनी पारालैंगिक महिलाको भूमिकामा देखिएका छन् ।

फिल्ममा समुन्द्र र नाजिरको पटकथा छ । फिल्ममा संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको मुख्य भूमिका छ । यो फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको छैन । यसअघि यो फिल्म कात्तिक ९ गतेबाट रिलिजमा आउने पक्का भएको थियो ।