नीतालाई नराम्रो बनाउने काम कसले गर्दैछ ?
नायिका नीता ढुंगानाले आफूलाई नराम्रो बनाउने कामहरु भइरहेको बताएकी छिन् । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रचारमा व्यस्त भएकी यी नायिकाले आmपूलाई नकारात्मक प्रतिक्रियाहरु बढी आउन थालेको लेखेकी छिन् ।
नीताले लेखेकी छिन्–‘थाहा छैन, उनीहरु को हुन् ? तर कल प्रोफाइलविना पिक्चर र शुन्य अपडेट, आजकल कमेन्ट गरिरहेका छन् । यी पहिचान नभएका व्यक्तिहरुसँग सचेत रहनुहोस् ।’
नीताको फिल्म रिलिजको दिन नजिकिदै गर्दा उनीमाथि साइबर सेनाहरुको हमला सुरु भएको वुझिएको छ ।
नीता भन्छिन्–‘मलाई पहिला नकारात्मक प्रतिक्रियाहरु नै आउदैनथ्यो । तर, विगत केही दिनदेखि निरन्तर नराम्रा निकै खराब प्रतिक्रियाहरु आइरहेका छन् । मलाई थर्काउने शैलीमा प्रतिक्रियाहरु आउन थालेका छन् ।’
नेपाली फिल्म क्षेत्रमा कुनै निर्माताको फिल्म रिलिजको समयमा साइबर सेनाहरु सक्रिय हुने गरेका उदाहरण पहिले पनि भेटिएका छन् । कातिक ३० गतेबाट रिलिजमा आउन थालेको नीताको फिल्म ‘ह्रस्व दीर्घ’ रिलिजको दिन नजिकिन थालेपछि उनीमाथि थर्काउने शैलीमा प्रतिक्रियाहरु आउन थालेका हुन् ।
प्रतिक्रिया