स्वस्तिमापछि ‘हरि बहादुरको जुत्ता’मा प्रियंकाको इन्ट्री
केही समय अगाडि नायिकाद्धय स्वस्तिमा खड्का र प्रियंका कार्कीले केही हिट फिल्ममा काम गरे । बिबाहपछि प्रियंकाको कामको गति कम भयो पनि स्वस्तिमा व्यस्त नायिकाको रुपमा अगाडि छिन् ।
उनै, स्वस्तिमा र प्रियंका फेरि एकसाथ नयाँ फिल्ममा देखिदैछन् । यी दुईले दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हरि बहादुरको जुत्ता’मा काम गर्ने पक्का भएको हो ।
केही समयमा नै छायांकनमा जान लागेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फाइनल भइसकेका छन् । प्रियंकाको प्रवेशसँगै फिल्मको लाइनअप आकर्षक बनेको छ ।
फिल्ममा सरोज ओलीको लगानी छ । फिल्मको कथा हरिवंश आचार्यले नै लेखेका हुन् । फिल्मको कथा रोचक रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ ।
प्रतिक्रिया