माफी माग्दै प्रकाश सपुतले भने–‘मलाई केही समय नरोक्नुहोस् न है’
गायक तथा कलाकार प्रकाश सपुतले आफूलाई केही समय नरोक्न आग्रह गरेका छन् । उनले, आफ्ना कमजोरीहरू सुधार्दै जाने भन्दै दर्शकहरुले दिएको मायाप्रति आभार व्यक्त गरेका छन् ।
उनले, आफूले जानी नजानी कसैको मन दुखाएकोमा माफी समेत मागेका छन् ।
उनले भने–‘कमजोरीहरु सुधार्दै जाउला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो, सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तता भन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी गर्दै गर्नुहोस् तर राम्रो उर्जा पनि दिनुहोस् न है । म कला मार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसुचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाइहरुलाई निरन्तर मनोरञ्जन गर्न सक्छु । यति आत्मविश्वास छ । मलाई थप निरुत्साहित नगर्नु होस न है । मलाई अलि परसम्म पुग्नु छ । केही समय नरोक्नुहोस है ।’
सपुतले आफूलाई धेरैले गाली र गुनासो आएको भन्दै आफू काम गर्ने मान्छे भएको बताए । उनले, आफूले आफ्नो धर्म नछाडेको भन्दै फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को टिमसँग संझौता अनुसार नभएपछि केही समय अडान लिएको पनि बताएका छन् ।
प्रतिक्रिया