‘केटी हराएको सूचना’ परम्परागत प्रेम कथाको फिल्म होइनः निर्देशक गौचन
फिल्म ‘मिसिङ केटी हराएको सूचना’का निर्देशक दीपेन्द्र गौचनले विपरीत जीवन बाँच्ने दुई युवायुवतीको कथामा फिल्म बनेको बताएका छन् ।
कात्तिकको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्मको बिषयमा उनले भने–‘युवायुवतीको टकरावले प्रारम्भमा दुःख, द्धन्द्ध र सांकृतिक अन्तरलाई उजागर गर्छ । तर, समयसँगै यो यात्राले दुबै किसिमको समझदारी, आपसी प्रेमको भावना जन्माउँछ ।’
फिल्मका दुई पात्र नाजिर हुसेन र श्रृष्टी श्रेष्ठमार्फत दुई भिन्न समुदायबिचको सामाजिक दुरी र सांकृतिक भिन्नतालाई पर्दामा उतार्दै उनीहरुको सम्बन्ध कसरी विस्तार हुनसक्छ भन्ने फिल्ममा देखाइएको छ ।
यो फिल्ममा नेपालको दक्षिण भेगस्थित तराईको समथर फाँटमा जन्मे हुर्केको एउटा केटाले उत्तरी पहाडकी एक महिलालाई अचानक अपहरण गरेर उसको गाउँ जनकपुर लैजान्छ । यो फिल्मले घटनालाई मात्र नभई मानिसबीचको अनपेक्षित सम्बन्ध र प्रेमको उचाइलाई पनि देखाउन खोजेको गौचनको भनाई छ ।
गौचनले यो फिल्म एउटा परम्परागत प्रेम कथामा निर्माण नभएको दाबी गरे । दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन्द्रकै स्क्रिप्ट छ । फिल्ममा नाजिर र श्रृष्टीको साथमा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया