केदार घिमिरेः ‘छक्का पन्जा’मा हिट, बाहिरी ब्यानरमा फिट
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई ‘छक्का पन्जा’को टिमबाट बाहिरको व्यानरमा काम गर्न नसकेको आरोप लाग्यो । उनले, यो ब्यानरभन्दा बाहिरको टिमसँग काम गरेको फिल्म ‘रामकहानी’ मात्र थियो ।
‘छक्का पन्जा’का हरेक सिरिजलाई ब्लकबस्टर बनाउन महत्वपूर्ण भूमिका खेलेका केदार अरु ब्यानरमा काम गर्न किन सक्दैनन् भन्ने प्रश्न खुबै उब्जियो ।
यो बिचमा जितु नेपाल यो ब्यानरबाट बाहिरिए र अन्य टिमसँग काम गरिरहेका छन् । तर, अब भने कलाकार घिमिरेले बाहिरी ब्यानरका फिल्ममा पनि धमाधम काम गर्न थालेका छन् ।
उनले, फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । यो फिल्म कहिले बन्छ पक्का छैन । तर, यो बिचमा उनले फिल्म ‘जेरीः अन टप’को छायांकन सुरु गरिसकेका छन् । नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्माको साथमा केदार घिमिरेको पनि फिल्ममा प्रवेश भएपछि दर्शक उत्साहित छिन् । उनको प्रवेशले फिल्मलाई अझै रोचक बनाउने विश्लेषण गरिएको छ ।
उनै, घिमिरेले अब निर्देशक ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको एक फिल्म पनि साइन गरेका छन् । फिल्मका निर्माता मुनाल घिमिरेले सामाजिक संजालबाट केदार अनुबन्धित भएको जानकारी दिएका छन् । यो फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । माघबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
यसरीहेर्दा, ‘छक्का पन्जा’को व्यानरमा हिट देखिएका केदार बाहिरी व्यानरमा पनि फिट देखिन थालेका छन् ।
प्रतिक्रिया