‘ह्रस्व दीर्घ’बाट आशावादी छिन् गरिमा

डेब्यू फिल्म ‘लण्डन टू पेरिस’बाट करिअरलाई कुनै पनि तरिकाले फाइदा नभएपछि नायिका गरिमा शर्मा चिन्तित देखिइन् । यो फिल्ममा उनले गरेको अभिनयको पनि आलोचना भयो ।
यो फिल्म असफल भएपछि गरिमाको करिअर कसरी अगाडि बढ्छ भन्ने टिप्पणी पनि भइरहेका छन् । यही बिचमा उनले अभिनय गरेको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिकको ३० गतेबाट रिलिजमा आउँदैछ ।
उसो त यो फिल्ममा गरिमा मुख्य नायिका होइनन् । तर, फिल्मको ट्रेलर हेर्दा कथावस्तुमा उनको भूमिका महत्वपूर्ण रहेको विश्लेषण गर्न सकिन्छ ।
फिल्मका मुख्य नायक हरिहर अधिकारीसँग जोडिएकाले पनि गरिमाको भूमिका विशेष हुने देखिन्छ ।
गरिमालाई यो फिल्मबाट करिअरमा ठूलै फाइदा पुग्ने विश्वास छ । फिल्मको ट्रेलर रिलिज भएपछि उनले पहिलो फिल्ममा गरेको गल्ती सुधारेको टिप्पणी गर्न सकिन्छ ।
गरिमा पनि यो फिल्ममा दर्शकले आफ्नो कामलाई मन पराउनेमा आशावादी छिन् । फिल्ममा कलाकारहरुको लाइनअप लामो मात्र होइन बलियो पनि छ । यसैले, नेपाली र भारतीय सशक्त कलाकारहरुको भीडमा आफूलाई उम्दा देखाउनु गरिमाका लागि चुनौती हो । गरिमा यसमा आफू सफल हुनेमा विश्वस्त छिन् ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया