फेसबुकमा दीपकराज र निश्चलको वार
फिल्म ‘दिमाग खराब’बाट बिग्रिएको निर्देशक तथा कलाकार निश्चल बस्नेत र कलाकार तथा निर्माता दीपकराज गिरीको सम्बन्ध अझै सुध्रिन सकेको छैन । बरु, यी दुइको सम्बन्धमा अझै चिसोपना देखिएको छ ।
फिल्म ‘छक्का पन्जा ५’को रिलिजको समयमा निश्चलले यो फिल्मसँग सम्बन्धित कुनै पनि सामाग्री शेयर गरेनन् । यसले पनि यी दुइबिच कुन हदसम्मको सम्बन्ध बिग्रिएको रहेछ भनेर वुझ्न सकिन्छ ।
फिल्म ‘बेहुली फ्रम मेघौली’ले शो नपाएको भन्दै निश्चलले फिल्म हलबाट उतारे । अहिले, यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।
यसपछि, निश्चल नेपाली फिल्मप्रति हल संचालकहरुले देखाएको रवैयाको बिषयमा आक्रोशित छन् ।
केही दिन अगाडि कलाकार दीपकराज गिरीले सामाजिक संजालमा स्टाटस लेखे–‘प्रायः हलहरुले शो दिएन भनेर हामी उफ्रिन्छौं । तर, हेरौं त । नगण्य शोबाट सुरु भएको पूर्ण बहादुरको सारङ्गीले आफूलाई कहाँ पुर्यायो ? यो भन्दा पहिला १२ गाउँ त्यस्तै, समस्या कहाँ रहेछ त ?’
दीपकराजको यो स्टाटस आएको केही घण्टापछि निश्चलले आफ्नो प्रतिक्रिया जनाएका छन् । उनले, आफ्नो स्टाटसमा नाम त लेखेका छैनन्, तर उनको इसारा दीपकराजलाई हो भन्ने प्रष्ट वुझिन्छ ।
निश्चलले लेखेका छन्–‘कोही फिल्मीकर्मी जो आजकल हलपनि चलाउँछन्...ले मौका पाएर ठूलो गफ छाडिहालेछन् । नेपाली फिल्मले राम्रो गर्दै गएपछि शो बढेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ, सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन । सधैं नेपाली फिल्मले प्रमाणित गरि रहनुपर्ने हो ? निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रष्ट छ, विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई शो दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो, हलसम्म आफ्नो बलवुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो । कमसेकम फिल्म बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नुभयो । ठिक गर्नुभयो । चिनियो ।’
निश्चलको यो स्टाटस सार्वजनिक भएपछि दीपकले लेखे–‘संसारमा सबै प्रश्नका उत्तर हुन्छन् । तर मौनता सबैभन्दा राम्रो र जटिल उत्तर हो ।’
प्रतिक्रिया