‘पूर्ण बहादुरको सारङ्गी’ दर्शकको लागि प्रतिक्षित बनेको हो ?

कार्तिक १५ गते लक्ष्मीपूजा बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिम यतिबेला फिल्म प्रचारमा व्यापक रुपमा जुटेको छ । यो फिल्मको काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै फिल्म सम्बन्धी जानकारी गराएको हो । 

निर्माणपक्षका अनुसार यो फिल्मप्रति दर्शकको चासो निकै बढेको छ। फिल्मको सार्वजनिक गीत र ट्रेलरले दर्शको निकै तारिफ बटुलेको छ भने फिल्मप्रति दर्शकको माया देख्दा निर्माणपक्ष निकै उत्साहीत छन् ।

गन्धर्भ समुदायको कथा बोल्ने यो फिल्मको प्रमुख भूमिकामा कलाकार विजय बराल छन् । आफ्नो छोराका लागि बाउले देख्ने सपना र गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा उनी प्रकाश सपुतको बाबुको भूमिकामा प्रस्तुत छन् । उनका अनुसार यो फिल्मको स्ट्रङ पक्ष नै फिल्मको मौलिक, संस्कृति र पेसा पुस्तान्तरणको कथा नै हो।

फिल्मका अर्का कलाकार मुकुन भुसालले ‘पूर्ण बहादुरको सारङ्गी’ले आफ्नो करिअरमा केही योगदान गर्ने र मोफसलका दर्शकमा फिल्मप्रति अझै उत्साह देखिएको बताउदै भने,'दर्शकको चासो देख्दा हामी उत्साही छौँ। यो फिल्म दर्शकका लागि नयाँ एक्सपिरियन्स हुन्छ। यो फिल्मले मेरो फिल्मी करिअरमा पनि केही योगदान गर्नेछ भन्ने कुरामा म पूर्ण रुपमा ढुक्क छौ।'

फिल्मकी अभिनेत्री अञ्जना बराइलिले फरक कथामा काम गरेको बताउदै भनिन्,'फिल्मको मोफसलमा निकै राम्रो हाइप बनेको छ। मैले आफ्नो सक्दो दिने प्रयास गरेको छु। फिल्मलाई लिएर म धेरै नै आशावादी छु।, उनले भनिन् ।

त्यस्तै, यो फिल्मका निर्माता प्याट्रिक सुवेदीले नेपाल बाहिरका दर्शकमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिएर प्रतिक्षा रहेको बताए । निर्देशक सरोज पौडेलका अनुसार यो फिल्मले सन्तानका लागि बुवाहरूले देख्ने सपना र गर्ने संघर्षको कथा भन्छ ।  

यो फिल्मका अर्का निर्माता बिनोद पौडेलका अनुसार बाउ र छोराबीचको इमोसन नै ‘पूर्ण बहादुरको सारङ्गी’को सबैभन्दा बलियो र सवल पक्ष हो । सुरुमा वानलाइन कथा सुन्दै यसमा फिल्म बनाएर दर्शकलाई भन्नुपर्छ भन्ने लागेको उनको भनाइ छ ।