‘पूर्ण बहादुरको सारङ्गी’ पुस्तान्तरणसहितको रुपान्तरण हो : विजय बराल

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुनलाई अब दुई दिन मात्र बाँकी छ । फिल्मको रिलिज मिती नजिकिदै गर्दा निर्माणपक्षले आफ्नो प्रचार प्रसारलाई तिव्र बनाएको हो ।

यसैक्रममा यो फिल्मको मुख्य कलाकार विजय बराल अर्थात फिल्मका पूर्ण बहादुर पात्रले यो फिल्मलाई पुस्तान्तरणसहितको कथा रुपान्तरण भनेका छन् । उनका अनुसार मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा नै यो फिल्मको बलियो पक्ष हो ।   

उनले फिल्मबारे थप प्रस्ट्याउदै भने,'यो फिल्म पुस्तान्तरणसहितको कथा रुपान्तरण हो । यो फिल्मको मेन कथा भनेकै एउटा बाउले छोराका लागि देखेको सपना र त्याग हो । प्राय: फिल्म भन्नबित्तिकै केही कथा हुनुपर्छ जस्तो लाग्छ, यो फिल्मले भन्ने पनि यही नै हो ।' उनले भने ।

उनले आफ्नो लागि अझै विशेष रहेको भन्दै क्यारेक्टर र जिम्मेवारीका हिसाबले ‘पूर्ण बहादुरको सारङ्गी’ एउटा अवसर पनि रहेको बताउछन् । 'यो फिल्ममा केही कुरा छ, जुन हेर्दा हरेक दर्शकलाई महसुस हुन्छ।'उनले भने ।  

गन्धर्भ समुदायको कथामा निर्माण गरिएको यो फिल्मले छोराका लागि बाउले देख्ने सपनाको कथा पेश गर्छ । फिल्म कात्तिक १५ गतेबाट रिलिज हुँदैछ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा महेश दवाडीको संवाद, विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण छ। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।