बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न

इनास मेरिल्याण्डको आयोजनामा बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न भएको छ । मोरिल्याडको बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’मा २६ बालबालिकाले भाग लिएका थिए । १७ वर्ष मुनिका नानीबाबुलाई अतिथि बनाएर गरिएको यस्तो शैलीको कार्यक्रम अमेरिकी डायस्पोरामा पहिलो अवसर हो ।

प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भए । कार्यक्रममा नेपाली फिल्म क्षेत्रका प्रसिद्ध कलाकार पनि सहभागि थिए । अभिनेत्री सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, संगीतकर्मी कमल सौराग पनि सहभागि भए ।
 
यो कार्यक्रमको निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका महासचिव एवं प्रवक्ता गोपालचन्द्र लामिछाने र ओकिली ब्याण्डका गायक सृजन ताम्राकार थिए । 

सो अवसरमा वार्षिक सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो । सांस्कृतिक कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी पनि उपस्थिती थियो ।