‘देववाणी’को टिजरमा के छ ?

निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्मको मंगलबार ओएसआर डिजिटलबाट टिजर रिलिज गरिएको हो । 

यो फिल्मको सार्वजनिक टिजरमा फिल्मका कलाकार कुन्दन भारद्वाजलाई फोकस गरिएको छ । कुन्दनसँगै अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ । एक्सन, रोमान्स र थ्रिलर समेटिएको भएपनि यो फिल्मको टिजर निकै कम्जोर देखिन्छ । 

मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन छ। 

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ ।