आजदेखी ‘रंगी’को छायांकन सुरु

सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘रंगी’को छायांकन सुरु गरिएको छ । यो फिल्मको आज मंगलबार बाट छायांकन सुरु गरिएको हो ।  

यो फिल्मलाई सुरेश न्यौपाने निर्देशन गर्नेछन् । फिल्मको छायांकन अवधि ३० दिनको रहेको निर्माणपक्षले जनाएको हो । सुरेशको यो डेब्यू निर्देशन हो । उनले फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । 

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने यो फिल्मले बाबु र छोरी बिचको कथालाई पेश गरेछ । सक्षम सुवेदीले निर्माण गर्ने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहनेछ ।