‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार’मा रोमान्टिक जितु र निती

वसन्त निरौला निर्देशक रहेको फिल्म ‘ज्वाइँ साब’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार निर्माणपक्षले ‘कुहिरोको दरबार’बोलको यो गीत सार्वजनिक गरिएको हो ।

जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको यो गीतको भिडियोमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ । भिडियोमा जितु र नितीको रोमान्टिक भावलाई पनि देखाइएको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो फिल्म दोस्रो सातामा प्रदर्शन हुँदैछ । दोस्रो सातासम्म आइपुग्दा फिल्मले ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको छ । 

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।


फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेनमेन्टले वितरण गरेको छ ।