सञ्जीव र एन्जिलाको 'यो मायालाई फकाउन'

गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको 'यो मायालाई फकाउन' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माण गरिएको यो गीत आइतबार सार्वजनिक गरिएको हो ।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यो गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् । गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ । गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।