अन्तत : ५ लाख धरौटीमा रिहा भए सूर्यमान शंकर (इकु)

कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर रिहा भएका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका उनी ५ लाख धरौटिमा रिहा भएका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । उनले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगीको आरोपमा पक्राउ परेका थिए । 

२६ भदौमा पक्राउ परेका उनले विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि सीइआबीको टोलीले पक्राउ गरेको थियो ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।