१ अर्ब रुपैयाँ कमाउने पहिलो फिल्म कम्पनी 'आमा सरस्वती मूभिज'

दीपक र दीपाको 'आमा सरस्वती मूभिज' १ अर्ब रुपैयाँ कमाउने पहिलो निर्माता कम्पनी बनेको छ । यो कम्पनीले निर्माण गरेका ८ फिल्मको कूल कमाइले उक्त आँकडा पार गरेको हो ।

निर्देशक दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा’ २०७३ भदौ २८ गते प्रदर्शन भएको थियो । ‘छक्कापञ्जा २’ २०७४ सालको दसैंको फूलपातीमा प्रदर्शन भएको थियो । 'छक्कापञ्जा ३' वर्ष २०७५ सालको घटस्थापनामा प्रदर्शन भएको थियो । त्यस्तै, ‘छक्कापञ्जा ४’ २०७९ सालमा होलीपर्वको बिदा पारेर प्रदर्शन भएको थियो ।

‘छ माया छपक्कै’ २०७६ सालको असोज २४ गते प्रदर्शन भएको थियो । ‘६ एकान ६’ २०७० सालमा प्रदर्शन भएको थियो भने ‘वडा नम्बर ६’ २०७२ साल अशोज १ गते प्रदर्शनमा आएको थियो ।  

हाल दशैंको फूलपातिबाट प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ ले १० दिनमा १५ करोडको ग्रस कलेक्सन गरिसकेको छ । 

निर्माता कम्पनी आमा सरस्वती मूभिजका अनुसार 'छक्कापञ्जा'को पहिलो भागले १६ करोड, दोस्रो श्रृंखलाले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड , ‘छक्कापञ्जा ५’को १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।