मेरो फिल्मकर्मी विजय आवाजलाई पितृ शोक

मेरो फिल्मकर्मी विजय आवाजलाई पितृ शोक परेको छ । चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्षसमेत रहेका विजयका बुबा चक्रमणि सुवेदीको चितवन भरतपुर १३ स्थित आफ्नै निवासमा आइतबार बिहान निधन भएको हो । 

विगत तीन वर्षदेखि उपचाररत उनको ६३ वर्षको उमेरमा असमाहिक निधन भएको हो । शिक्षक पेसाबाट अवकास लिएका सुवेदीका श्रीमती र दुई छोरा रहेका छन् । सुवेदीका अर्का छोरा विकास सुवेदी पनि चलचित्र पत्रकारितामै सक्रिय छन् ।

यस दु:खद घडीमा मेरो फिल्म बुबाको मृत आत्माको चिरशान्तीको कामना गर्दै विजय आवाज र सम्पूर्ण सुवेदी परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछ ।