‘पेन्सनपट्टा’ निर्माणको घोषणा गर्दै माओत्से


निर्देशक माओत्से गुरुङले नयाँ फिल्म ‘पेन्सनपट्टा’ निर्माण गर्ने घोषणा गरेका छन् । गत वर्ष ‘दयारानी’ निर्देशन गरेर बक्स अफिसमा राम्रै सफलता हासिल गरेका निर्देशक गुरुङले आइतबार यो फिल्मको घोषणा गरेका हुन् । 

एउटा भूतपूर्व लाहुरे परिवारको वास्तविक कथामा आधारित रहने यो फिल्मले एउटा लोभी र दानी युवकको कथालाई भन्नेछ । निर्देशक माओत्सेको यो दोस्रो निर्देशन हो ।  

माओत्से गुरुङ प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्ममा माओत्सेकै पटकथा तथा निर्देशन रहनेछ । त्यस्तै, उनले यो फिल्मको कथा आफ्नो सानीआमालाई हेरेर लेखेको बताए । 

आगामी चैतबाट छायांकन सुरु हुने यो फिल्मको पोखरा र अन्नपूर्ण हिमश्रृंखला सामुन्नेको रमणीय गाउँ ताङतिङमा गरिने निर्माणपक्षले जनाएको छ । यो फिल्मको कलाकार अब केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष छ ।